Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक १३ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | १३ कार्तिक २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल कार्तिक १३ गते, कार्तिक कृष्ण द्वितिया तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज पारिवारिक सद्भाव बढ्न सक्छ। शुभ समाचार सुन्न पाइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नसक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।

वृष – तपाइको आज बोलीको विपरीत अर्थ लाग्न सक्ने हुनाले संयम रहनु होला, सामान हराउने वा चोरी हुने र कुनै चिन्ता पर्ने समाचार सुन्नु पर्ने सम्भावना छ।

मिथुन - तपाईको आज कुनै कुराले मनमा शान्ति पनि छाउला, लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन। पारिवारिक सहयोग मिल्न सक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको आज लागी कुनै कुराले मनमा शान्ति पनि छाउन सक्छ, मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना होला। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनुका साथै सेयरबजारबाट पनि राम्रै लाभ पाइएला।

सिंह – तपाईको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू पनि सम्पन्न होलान, नयाँ कार्यको थालनी हुनसक्ला। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला।

कन्या - कन्या राशीका तपाईको आज नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक हुने छैन, कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात नपर्न सक्छ। खर्च नियन्त्रणभन्दा बाहिर जानेछ।

तुला - तपाइको आज तीर्थाटनको, रमणीय र सुखद् यात्राको योग रहेको छ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेको छ।

वृश्चिक – तपाईको आज रमणीय र सुखद् यात्राको योग छ। दैनिक कार्यहरूमा प्रगति हुँदै जाने र नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने तथा जोशजाँगर र हिम्मत बढेर जानेछ।

धनु – तपाइको आज काम देखाएर अरूको मन लोभ्याउन सकिएला, परिवारजनको साथले नयाँ आशा दिनेछ। आकस्मिक धन लाभ हुन सक्नेछ।

मकर - मकर राशीका तपाइको आज हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित होला, मानसिक चञ्चलता बढ्ने र कार्यक्रममा विघ्नबाधा आउन सक्नेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज स्वादिष्ट भोजन र अतिथिका रूपमा सम्मान पाइएला। इच्छा र आकाङ्क्षा पूर्ण होलान। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छ।

मिन – तपाइको आज जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता हुनेछ, शुभकार्यको चर्चा चल्नुका साथै मनमा हर्ष, उमङ्ग र उत्साह छाउन सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप