Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज ५ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | ५ असोज २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल असोज ५ गते, भदौ शुक्ल सप्तमी तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज मन खिन्न हुने स्थिति आउन सक्छ। कार्य सम्पादनमा सहजता नहोला। जिद्दीपनाले गर्दा काम बिग्रन सक्छ। स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ।

वृष – तपाइको आज नोकरी तथा व्यवसायमा लाभ हुनेछ। आर्थिकस्तर माथि उठ्ला। छोटो यात्रा तथा मान सम्मान पाइने र अधुरो काम पनि बन्ने समय छ।

मिथुन - तपाई आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न होला। सवारी साधनको खरिद बिक्री हुने र प्रेम तथा दाम्पत्य जीवन सुखमय हुने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज कुनै कुराले मनमा शान्ति छाउला। शुभकार्यको चर्चा होला। बन्धु बान्धवबाट सहयोग मिल्ने र प्रेममा सफलता प्राप्त होला।

सिंह – तपाईको आज प्रेममा बाधाका हुदा मन कमजोर रहनेछ। घर परिवारमा झैझमेलाको अवस्था आउनसक्छ। दिनको उत्तरार्धमा धन खर्च बढ्न सक्ने देखिन्छ।

कन्या - कन्या राशीका तपाईको आज रोकिएको अधुरो कार्यले पूर्णता पाउने, धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने, रोमाञ्चक यात्रा हुने र प्रेमीको सहयोग प्राप्त हुने समय छ।

तुला - तपाइको आज श्रमको उचित मूल्याङ्कन नहोला। मनमा हर्ष, उमङ्ग र उत्साह बढ्नेछ। कला र गलाको प्रभाव बढ्नाले शुभ समाचार सुन्न पाइनेछ।

वृश्चिक – तपाईको आज राज्यबाट मान सम्मान र कुटुम्बको सहयोग पाइएला। घरमा अतिथिको आगमन होला। बोलीको भरमा कार्य सम्पादन हुनसक्छ।

धनु – तपाइ आज चोटपटकबाट जोगिनु होला। कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ हुने, अनावश्यक काममा सहभागिता जनाइने सम्भावना छ।

मकर - मकर राशीका तपाइको आज माया प्रेममा सामीप्यता बढ्ला भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार होला। शुभ समाचार पनि सुन्न पाइनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज परिवारमा सुख सन्तोष छाउला। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक भइएला, अति प्रिय व्यक्तिको यादले भने सताउनेछ।

मिन – तपाइको आज पारिवारिक सद्भाव बढेर जानेछ। आँटेको र ताकेको कार्य पुरा होलान। आकस्मिक धनलाभ होला। महिला वर्गबाट सहयोग पनि पाइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप