Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज मंसिर १ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | १ मंसिर २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल मंसिर १ गते, कार्तिक शुक्ल चतुर्थि तिथी शुक्रबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज व्यवसायका लागि यात्राको सम्भावना रहेको छ, दाम्पत्य सुखले प्रफुल्लित भइएला। अधुरो काम पूरा हुने र वैदेशिक कार्य अघि बढ्ने समय छ।

वृष  तपाइको आज यात्रा फलदायी होला, अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने र महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ।

मिथुन - तपाईको आज बौद्धिक काममा सफलता मिल्ला, कुनै समाचारले मनमा शान्ति छाउने र काम देखाएर अरूको मन लोभ्याउन सकिने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज विपरीत वर्गबाट विशेष सहयोग मिल्ने तथा शुभकार्यको चर्चा हुनेछ। नयाँ सवारी साधन प्राप्तिको र राजनैतिक कार्यमा सफलता मिललललल्ने योग छ।

सिंह तपाईको आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ होला, नयाँ कमको थालनी हुने तथा धार्मिक यात्राको योग रहेको छ। अचल सम्पत्ति पनि हात पर्नसक्छ।

कन्या - कन्या राशीका तपाईको आज नयाँ कमको योजना बन्ला, महत्त्वपूर्ण अवसर गुम्न सक्ने तथा मन कमजोर हुने र मनमा गलत विचारमा पनि आउन सक्ने हुना सचेत रहनुहोला।

तुला - तपाइको आज शेयर बजारले पनि साथ दिन सक्छ, आम्दानी प्रशस्तै बढ्ने तथा प्रेम र दाम्पत्य जीवन सुखमय होला। आर्थिक क्षेत्रमा पनि राम्रो सफलता पाइएला।

वृश्चिक  तपाईको आज लत्ता कपडामा बढी धन खर्च होला, न्यायिक कार्यमा सफलता मिल्नुका साथै धार्मिक तथा समाज सेवामा मन जानेछ।

धनु  तपाइको आज दिनको उत्तरार्ध सुखद् रहला, प्रेम र मित्रताको बन्धन कसिने तथा नयाँ कार्यको योजना बन्नुका साथै कार्य सम्पादनमा सहजता मिल्ने बेला रहेको छ।

मकर - मकर राशीका तपाइको आज यात्रामा सावधानी अपनाउनु होला। आतिथ्यपूर्ण सम्मान पाइने तथा वैदेशिक कार्य अघि बढ्ने र  तर्क, विवाद तथा प्रतिस्पर्धाबाट लाभ भने हुने छैन।

कुम्भ - कुम्भ राशीका तपाइको आज शुभकार्यको चर्चा हुनेछ, आँटेको र ताकेको कार्य पुरा होला। ठीक समयमा सही निर्णय लिन सकिएला। बोलीको प्रभाव पनि बढेर जानेछ।

मिन – तपाइको आज प्रेम सम्बन्ध पनि कसिलो हुनेछ, महिला वा मित्रबाट विशेष सहयोग पाइएला। नयाँ ज्ञान सिक्ने मौका मिल्ने र  धार्मिक कार्य सफल हुनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप