Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज जेठ १९ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | १९ जेष्ठ २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल जेठ १९  गते, जेठ शुक्ल त्रयोदशी तिथी शुक्रबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा  हुनेहुनाले आफ्नो विचार र योजनालाई प्रयास गर्दा राम्रो होला।

वृष - तपाईले आज ठीक समयमा सही निर्णय लिन सक्नुहोला। आँटेको र ताकेको कार्य पुरा हुने र शेयर बजारको क्षेत्र पनि सफल रहने योग रहेको छ।

मिथुन - तपाईको आज नयाँ कार्यको थालनी हुने र सामाजिक कार्यमा सफलता मिल्ने तथा आफन्त र सहयोगीहरूको राम्रो साथ र सहयोग प्राप्त हुने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी  आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउला। तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने देखिदैन।

सिंह – तपाईको आज धार्मिक चिन्तन र बोलीको प्रभाव बढ्ने, नयाँ कमको थालनी हुने र सरकारी जागिरेहरुको बढुवा, प्रशंसा र पुरस्कार पाउने समय छ।

कन्या - कन्या राशीका तपाइँको आज शुभकार्यको चर्चा हुने, धर्मकर्म तथा समाज सेवामा मन जाने, श्रमको उचित मूल्याङ्कन हुने र प्रेम जीवन सबल तथा सफल रहनेछ समय छ।

तुला - आज तपाइको सुखद् यात्राको योग रहेको छ। राज्यबाट मान सम्मान पाइएला। दाम्पत्य जीवनमा मधुरता छाउनुका साथै ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ।

वृश्चिक – तपाईको आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ। सफल र उत्साहजनक यात्रा हुनेछ र पुनर्मिलन हुने योग छ।

धनु – तपाइले आज गरेको कार्यबाट सफलता पाउनुहुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने र विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने समय छ।

मकर - मकर राशीका तपाईको आज नयाँ कामका विभिन्न अवसर फेला पाइएला। श्रमको उचित मूल्याङ्कन होला र पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा देला।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज विद्यामा अरु भन्दा पछि परिने देखिएको छ। समयमा काम नबन्ला, तर मन मिल्ने साथीको साथ, सहयोग र हौसलाले मन शान्त रहला।

मिन – तपाईको आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। घरायसी वातावरणमा केही असामान्यता देखिएला। यात्रामा सावधानी अपनाउनु होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप