Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज भदौ ८ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | ८ भदौ २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल भदौ ८ गते, साउन शुक्ल नवमी तिथी शुक्रबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज योजना कार्यान्वयनमा ढिलाइ हुनाले आफैं पछि परिने सम्भावन छ। राजनैतिक कार्यमा बाधा आउने र सम्पत्ति हराउने तथा साँझमा खर्च बढ्ने समय छ।

वृष  तपाइको आज विभिन्न अवसरले पछ्याउला। नजिकको मित्रसँग भेटघाट होला। पठनपाठनमा प्रगति होला, तर दिनको उत्तरार्धमा बढी धन खर्च होला।

मिथुन - तपाईको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान। नयाँ कार्यको थालनी होला। कूटनीतिक नियोगको सहयोग पाइएला भने सफल यात्राको योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिएला। मनोरञ्जनमा सहभागिता भइ प्रशस्त धन आर्जन गर्ने अवसर पाइएला।

सिंह तपाईको आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च होला। महत्त्वपूर्ण अवसर गुम्ने र जनताको गतिलो समर्थन पनि मिल्ने समय छ।

कन्या - कन्या राशीका तपाईको आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। विशिष्ट व्यक्तिको सहयोग पाइएला। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पर्ला।

तुला - तपाइको आज आँटेको र ताकेको कार्य पुरा हुनसक्छ। सामाजिक सभासमारोहमा भाग लिनु पर्ला। साहित्यिक क्षेत्रमा रुचि बढ्ने तथा नयाँ ज्ञान सिक्ने मौका पाइनेछ।

वृश्चिक  तपाईको आज चुनौती चिर्दै काम बनाउन सकिएला। आतिथ्यपूर्ण सम्मान पाइने र अरुलाई प्रभावित पारेर काम बन्ने तथा व्यापार व्यवसायमा लाभ मिल्ने समय छ।

धनु  तपाइको आजको प्रयत्न निष्फल जस्तै हुनेछ। अनावश्यक झमेलामा आउनाले चुनौतीको सामना गर्नुपर्ला। प्रयत्न गरे फाइदा भने लिन सकिएला।

मकर - मकर राशीका तपाइको आज शत्रुहरू किनारा लाग्ने तथा चिताएको कामले तीव्रता हासील गर्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नुका साथै जोशजाँगर र हिम्मत पनि बढ्ला।

कुम्भ - कुम्भ राशीका तपाइको आज शुभ समाचार सुन्न पाइनेछ। नयाँ कार्यको थालनी होला। राजनैतिक कार्यमा सफलता पाइएला। आम्दानी पनि प्रशस्तै बढ्नेछ।

मिन – तपाइको आज मेहनतीहरूका लागि दिन फलदायी रहला। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त होला। मुद्दामामिलामा विजयी भइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप