शुभ बिहानी, आज २०८० साल जेठ ५ गते, जेठ कृष्ण औँशी तिथी शुक्रबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज
पर्यटकीय स्थलको भ्रमणले हुने र लामो समयदेखि
रोकिएका अधुरा कामहरू पुरा हुनु का साथै मङ्गल कार्यको योग रहेको छ।
वृष - तपाईको
आज मित्रहरूले दिएको वचन फेरिने र फजुल खर्चले
चिन्ता बढाउने समय छ। मनको डरले सताए पनि व्यवहारमा फाइदा होला।
मिथुन - तपाईको
आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ।
रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण पनि होला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी
आज एकपछि अर्को अवसर आउने छ र मन होला।
व्यवसायको सन्दर्भमा नयाँ योजना बन्ने र सन्तान सुख मिल्ने योग छ।
सिंह – तपाईको आज विशेष
यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीताको अवसर आउला। भौतिक साधन जुटाउने र रमाइलो
यात्राको समय छ।
कन्या - कन्या राशीका तपाइँको आज सोचे अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ।
व्यवसायमा नोक्सानी होला। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ।
तुला - आज तपाइलाई मन
मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ भने काम देखाएर अरूको मन लोभ्याउन सकिएला।
रमाइलो यात्राको योग पनि रहेको छ।
वृश्चिक – तपाईको आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने
सम्भावना रहेको छ। प्रेमीबाट नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव आउन सक्छ।
धनु – तपाइको
आज नयाँ कार्यको थालनी हुन सक्छ। एउटै कामबाट
दोहोरो लाभ मिल्ने र प्रेमसम्बन्ध तथा प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ।
मकर - मकर राशीका तपाईको आज काम
बिग्रने डर हुनेछ। प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्ने र सौन्दर्यतामा धन खर्च
हुने तथा साँझपख शुभ समाचार सुन्न पाइने समय छ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज शुभ र मङ्गल
कार्यको चर्चा हुनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नुका साथै चिताएको
कामले तीव्रता पनि लिने योग छ।
मिन -
तपाईको आज धर्मकर्म तथा समाजसेवामा मन जानेछ।
प्रेमीको सहयोग पाइएला। नयाँ ज्ञान सिक्ने मौका मिल्ने र पारिवारिक साथ मिल्ने समय
छ
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता