Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज साउन ५ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | ५ साउन २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल साउन गते, साउन शुक्ल तृतिया तिथी शुक्रबारन्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज ठीक समयमा सही निर्णय लिन सकिएला। राजनैतिक क्षेत्रमा सफलता पाइनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा पनि होला।

वृष - तपाईलाई आज स्वास्थ्यमा खर्च बढ्नसक्ने, यात्रामा मालसामान हराउन सक्ने, सानातिना समस्यामा अल्झनुपर्ने र शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने समय छ।

मिथुन - तपाईको आज रोकिएका काम पुनः सुरु हुन सक्लान। आर्थिक कारोबारमा सफलता पाइने र महिला वा मित्रबाट विशेष सहयोग मिल्ने समय छ। लाभदायक यात्रा पनि होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज काममा अपेक्षाकृत सफलता हात पर्ने, रोकिएको धन हात पर्ने र न्यायिक कार्यमा सफलता मिल्ने तथा व्यापारमा मनग्ये धनलाभ हुने समय छ।

सिंह तपाईको आज भाग्यले विभिन्न अवसर जुराउला। धर्मकर्म तथा समाजसेवामा मन लाग्ला। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न पनि पाइन सक्छ।

कन्या - कन्या राशीका तपाईको आज स्वास्थ्य सम्बन्धी लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसक्ला। रुघा लाग्ने जस्ता समस्याले पनि सताउनेछ।

तुला - तपाइको आज धैर्य एवं लगनशीलताले अवसर दिलाउला। आर्थिक क्षेत्रमा उन्नति र सफलता पाइएला। प्रेम सम्बन्ध पनि कसिलो होला।

वृश्चिक  तपाईको आज भाग्यले विभिन्न अवसर जुराउला। कुनै कुराले मनमा शान्ति छाउनसक्छ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने र घरमा अतिथिको आगमन हुनेस समय छ।

धनु  तपाइको आज गरेका प्रयास र उद्यममा राम्रै सफलता मिल्ला। नजिकैको यात्राबाट लाभ होला। साँझमा आफन्तको साथ र सहयोग भरपुर पाइएला।

मकर - मकर राशीका तपाइको आज बन्न लागेको काम बिग्रिने भय छ। परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्ला, तर नयाँ ज्ञान सिक्ने मौका भने पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला। साथीभाइले पनि राम्रै सहयोग जुटाउने र  कहीँकतैबाट कुनै उपहार प्राप्त हुनसक्ने सम्भावना छ।

मिन – तपाइको आज शुभ आरम्भको चर्चा होला। नयाँ काममा जुट्ने, स्वास्थ्य राम्रो रहने, परिवारको खुसीका निम्ति केही खर्च हुनसक्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप