शुभ बिहानी, आज २०८० साल कार्तिक ३ गते, असोज शुक्ल षष्ठी तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज महिला
वर्गबाट सहयोग र मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ।
आँटेको र ताकेको कार्य पुरा हुनेछन।
वृष – तपाइको आज साँझमा कार्य सम्पादनमा सहजता मिल्ला, जिद्दीपनाले
गर्दा काम बिग्रने डर रहेकोले मन खिन्न हुने स्थिति आउन सक्छ र लगानीमा पनि गिरावट
आउला।
मिथुन - तपाईको आज छोटो यात्रा हुनेछ भने रोकिएको अधुरो कार्यले
पूर्णता पाउला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र प्रेमीको सहयोग प्राप्त हुने
समय छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज शुभ समाचार सुन्न
पाइनेछ, श्रमको उचित मूल्याङ्कन होला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ, कला र गलाको प्रभाव बढेर
जाला।
सिंह – तपाईको आज
कलकारखाना र बन्दव्यापारमा राम्रै हुने देखिन्छ, आत्मविश्वास र पराक्रममा वृद्धि होला।
आँटेको र ताकेको कार्य पुरा हुनेछन।
कन्या - कन्या राशीका तपाईको आज शेयर बजारमा उतारचढाव आउन सक्ने हुनाले मन
सम्हाल्न आवश्यक देखिन्छ। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गरिएला सचेत रहनु
होला।
तुला - तपाइलाई आज घर परिवार र आफन्तबीचको
सम्बन्धमा सुधार हुने तथा परिवारका सदस्यहरू सकारात्मक हुनेछन। माया प्रेममा
सामीप्यता बढेर जानेछ।
वृश्चिक – तपाईको आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइ इनाम, प्रतिष्ठा
कमाउने तथा परिवारमा सुख सन्तोष छाउने र अधुरो काम बन्ने योग छ।
धनु – तपाइको आज धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण होला,
उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट तथा सल्लाह र सद्भाव प्राप्त हुने
सम्भावना रहेको छ।
मकर - मकर राशीका तपाइको आज रमाइलो
यात्राको सम्भावना छ भने समय मध्यम खालको रहला। अरुले गरे भनेका कुरामा चित्त
नबुझ्न सक्ने छ त्यसैले संयमता अपनाउनु जरुरी
हुनेछ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज पठनपाठनमा प्रगति
हुने, अरुलाई प्रभावित पारेर काम बन्ने तथा चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुने र
आयआर्जनका क्षेत्रमा सुधार आउने समय छ।।
मिन –
तपाइको आज लामो
यात्रा सुखद् र सफल होला, सामाजिक प्रसिद्धि पनि प्राप्त हुनेछ। विशिष्ट व्यक्तिको
भेटघाटले मन प्रसन्न रहला। सवारी साधनको खरिद हुने योग रहेको छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता