Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ १ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | १ भदौ २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल भदौ १ गते, साउन शुक्ल द्वितिया तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज अरूलाई प्रभावित पारेर आफ्नो काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध होला। आयआर्जनका क्षेत्रमा सुधार आउनुका साथै पुनर्मिलनको योग पनि रहेको छ।

वृष – तपाइको आज मनमा दुबिधा उत्पन्न होला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने तथा अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त हुनेछन।

मिथुन - तपाईको घरमा आज अतिथिको आगमन होला। बोलीको भरमा कार्य सम्पादन हुने र आफन्तको प्रगतिमा मन रमाउनेछ भने शैक्षिक क्षेत्रमा सफलता मिल्ने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज रोकिएको अधुरो कार्यले पूर्णता पाउला। प्रेमीको सहयोग प्राप्त होला। परिवारमा सुख सन्तोष तथा नयाँ र शुभकार्यको चर्चा पनि होला।

सिंह – तपाईको आज शुभ समाचार सुन्न पाइनेछ। कला र गलाको प्रभाव बढ्ने तथा मनमा हर्ष, उमङ्ग र उत्साह छाउनुका साथै वैदेशिक कार्य पनि अघि बढेर जानेछ।

कन्या - कन्या राशीका तपाईको आज स्वास्थ्य सम्बन्धी चिन्ता सताउनेछ। सौन्दर्यतामा धन खर्च होला। रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग दनेछ।

तुला - तपाइको आज आकस्मिक धनलाभ होला। महिला वर्गबाट सहयोग पाइएला। कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै पारिवारिक सद्भाव पनि बढ्ने समय छ।

वृश्चिक – तपाईको आज रमणीय र सुखद् यात्रा हुने, मनमा हर्ष, उमङ्ग र उत्साह रहने, अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिने योग छ।

धनु – तपाइको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान। कला र गलाको प्रभाव बढेर जानेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त होला। रोमाञ्चक यात्रा पनि हुनसक्छ।

मकर - मकर राशीका तपाइको आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नु होला। आर्थिक लेनदेनमा सचेत रहनु जरुरी छ। साँझमा भने कहीँ कतैबाट शुभ समाचार सुन्न पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज श्रमदान गर्ने अवसर मिल्ला। कुनै कुराले मनमा शान्ति छाउला। प्रेममा सफलता प्राप्त होला। शुभकार्यको चर्चा पनि हुनेछ।

मिन – तपाइको आज न्यायिक कार्यमा सफलता पाइएला। आँटेको र ताकेको कार्य पुरा हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनुका साथै वस्त्र एवं अलंकार प्राप्ति होनसक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप