Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज असार १५ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | १५ असार २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल असार १५  गते, असार शुक्ल द्वादशी तिथी शुक्रबार। आज राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज शुभ समाचार सुन्न प। परिवारजनको साथले नयाँ आशा देला। नयाँ सवारी साधन प्राप्तिको र अरुको मन जित्न सकिने योग छ।

वृष - तपाईको आज आस मारेको काम बन्न सक्छ। दाम्पत्य जीवन सुखमय होला। अचल सम्पत्ति हात पर्ने र आँटेको र ताकेको कार्य पुरा हुने योग छ।

मिथुन - तपाईको आज लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा होला। कुनै कुराले मनमा शान्ति छाउला। सफल र लाभदायक यात्राको योग पनि रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्ने, आर्थिक कारोबारमा मन्दी आउने, पेटसम्बन्धी समस्याले पिरोल्न सक्ने सम्भावना छ।

सिंह तपाईको आज नयाँ कार्यको योजना बन्नुका साथै बोलीको प्रभाव बढेर जानेछ। वित्तिय संस्थाबाट सहयोग पाइने र स्वादिष्ट भोजन पनि पाइने समय छ।

कन्या - कन्या राशीका तपाईको आज धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय बित्नेछ। चलाखीपूर्ण बोलीले काम बन्ने र दैनिक कार्यमा प्रगति हुँदै जाने योग छ।

तुला - तपाइको आजबाट रोकिएको कार्य पुन: सुचारु हुनेछन। महिला वा मित्रबाट विशेष सहयोग पाइएला। नयाँ र शुभकार्यको चर्चा पनि हुनेछ।

वृश्चिक  तपाईको आज पारिवारिक  र सामाजिक सम्बन्धमा चिसोपन देखिएला। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्नेछ। घरायसी समस्या बढ्ने देखिन्छ।

धनु  तपाइको आज धार्मिक, सामाजिक र राजनैतिक कार्यमा सफलता हात पर्न सक्छ। साहित्यिक क्षेत्रमा रुचि बढ्ने र सन्तान सुख पनि मिल्ने योग छ।

मकर - मकर राशीका तपाइको आज परोपकार तथा पुण्य आर्जनमा संलग्न भइएला। रोकिएका अधुरा कामहरू पुरा होलान। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन।

कुम्भ - कुम्भ राशीका तपाइको आज कुनै कुराले मनमा शान्ति छाउने, धार्मिक र न्यायिक कार्यमा सफलता मिल्ने र अधुरा कामकाज पनि सहज हुँदै जाने समय रहेको छ।

मिन – तपाइको आज मन भावुक र उत्ताउलो हुनेछ, आफूलाई अनुशासित र संयम बनाउनु होला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

 

  • न्युज बहार संवाददाता

थप