Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज रङहरुको पर्व होली हर्षोल्लासका साथ मनाइँदै

  •   २ वर्ष अघि | २९ फाल्गुन २०८१, बिहिबार

फागुन २९, काठमाडौँ । आज रङहरुको पर्व होली हर्षोल्लासका साथ मनाइँदै छ । आज परम्परागत रूपमा काठमाडौँ लगायत पहाडी जिल्लामा वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व विभिन्न रङ र लोला खेली मनाइदैँ छ ।

आज यस पर्वका अवसरमा काठमाडौँको वसन्तपुरको वातावरण नै रङ्गीचङ्गी हुँदै छ । बसन्तपुरमा उपस्थित मानिसले त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँने परम्परा रहेको छ ।

आज औषधोपचारको काममा आउने विश्वासका साथ उक्त चीरमा राखिएका ध्वजापताका लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइने प्रचलन रहेको छ ।

सरकारले फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सार्वजनिक बिदा दिँदै आएको छ ।

  • न्युज बहार संवाददाता

थप