साउन ३२, रसुवा । रसुवा जिल्लामा रहेको गोसाइँकुण्ड मेला अब सुरु हुनै लागेको छ । मेलाका लागी रसुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार पारिएको छ । भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेलामा आउने तिर्थालुहरुको सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको हो।
भक्तजनलाई लेक लाग्ने अर्थात अक्सिजनको अभाव हुने तथा अन्य स्वास्थ्य समस्या हुन सक्ने अवस्थालाई ख्याल गर्दै हिमालय उद्धार सङ्घले औैषधिसहित चिकित्सक टोली तयार गरेको हो ।
आगामी भदौ ७ गतेदेखि १४ गतेसम्म गोसाइँकुण्ड मेला लाग्ने छ । गोसाइँकुण्ड समुन्द्र सतह देखी १४ हजार एक सय फिटको उचाइँमा पर्छ । हिमालय उद्धार सङ्घका कार्यकारी निर्देशक गोविन्द बत्स्यालले भक्तजनलाई उपचार सेवा प्रदान गर्न अक्सिजनसहित छ चिकित्सक तयारी अवस्थामा राखिएको बताए।
- न्युज बहार संवाददाता