Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपास क्षेत्रमा यस वर्षको पहिलो हिमपात

  •   ३ वर्ष अघि | २० पुस २०८०, शुक्रबार

पुस २०, ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपास क्षेत्रमा यस वर्षको पहिलो हिमपात भएको छ । त्यस क्षेत्रमा हिमपात भएसँगै चिसो अत्यधिक बढेर जनजीवन प्रभावित बनेको छ । पाथीभरा धाम ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित रहेको छ । यहाँ सामान्यतया हरेक वर्ष यो अहिलेदेखि चैतसम्मै बेला बेलामा हिमपात हुने गरेको छ ।

चिसो निकै बढेपछि र हिमपात हुन थालेपछी पाथीभरा जाने तीर्थयात्रुहरुको सङ्ख्यामा कमी आएको छ । चिसो बढेपछि पाथीभरा दर्शन र पूजा अर्चना गर्न जाने सीमित सङ्ख्याका तीर्थयात्रीहरू समेत प्रभावित भएका छन् ।

मन्दिर क्षेत्रमा बाक्लो हिउँ परेको र आसपासका बस्तीहरूमा पनि सामान्य हिउँ परेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप