Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

इन्द्रजात्राको सुरुवातसँगै काठमाडौँमा सुरु भयो देवि नाच

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

भदौ २७, काठमाडौँ । काठमाडौँ महानगरपालिका १८ किलागलमा  इन्द्रजात्राको सुरुवातसँगै  नाचिने पौराणिक नाच दी प्याखं अर्थात देवी नाचको सुरुवात भएको छ ।  पिदनेनामको तेस्रो पूजा गरेर कायअष्टमीका दिन मुकुट, मुकुन्डो, घुँघुरा र पोसाकसहितको नृत्य गरिएको हो ।

पहिलो पूजा श्रावण शुल्क चौथीका दिन गरेर नृत्य प्रशिक्षण सुरु गरिने गरिन्छ  भने भाद्र शुक्ल चतुर्थीका दिन दोस्रो पूजा गर्ने गरिन्छ जुन प्रकृयालाई घँगलासिभनिन्छ । यसमा पात्रहरूलाई दैवी शक्ति प्राप्त होस् भनेर पूजा गर्ने गरिएको छ । 

यस नाचले असत्य माथि सधै सत्यको जीत हुन्छ भन्ने सन्देश दिने गरेको छ । अन्य परम्परागत नाचहरूमा दैत्यको वध गरेको देखाइन्छ भने यस नाचमा पराजित दैत्य भागेको देखाइन्छ। अन्य नाचमा बलि चढाउने गरिन्छ भने यस नाचमा त्यस्तो बलि दिइदैँन । यस नाचलाई शान्त नाचको रूपमा पनि लिइने गरिन्छ ।  

  • न्युज बहार संवाददाता

थप