फागुन ५, काठमाडौँ । यही फागुन ६ गते अर्थात
भोली शनिबार यस वर्षको
महाशिवरात्री हो । यस दिन काठमाडौँको शुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा
भएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । कोषका अनुसार महाशिवरात्रिमा
पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ ।
शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक
उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
पत्रकार र स्वयंसेवकबाहेक पशुपतिनाथ
क्षेत्र प्रवेशमा यस वर्ष अन्यलाई पासको व्यवस्था गरिएको छैन ।
कम्तीमा २० लाख भक्तजनले यस वर्षको
शिवरात्रिमा पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको छ र भक्तजनको व्यवस्थापनका लागि पाँच लाइनबाट दर्शन गर्ने
व्यवस्था मिलाइएको सञ्चालक परिषद् सदस्य एवं मेलाबजार सञ्चालन तथा साज–सजावट व्यवस्थापन उपसमितिका संयोजक पूर्णसंगम
जेठाराले जानकारी दिएका छन।
यस वर्षको शिवरात्रि मेलामा
शान्तिसुरक्षा व्यवस्थापनका लागि एक हजार पाँच सयको हाराहारीमा नेपाल प्रहरी र
सशस्त्र प्रहरी परिचालित हुने भएका छन्।
मारवाडी समाज र पशपति क्षेत्र बिकास कोषको सहकार्यमा पशुपतिनाथका विभिन्न
क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ । पशुपतिनाथ
मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम आज सम्पन्न हुँदैछ । पशुपतिनाथ क्षेत्रमा
बिहीबार बिहान महाशिवरात्रिका अवसरमा प्रभात फेरी कार्यक्रम गरिएको थियो ।