फागुन ७,
काठमाडौँ । हिजो महाशिवरात्रीको अबसरमा देशको मुख्य शिवालय पशुपतिनाथ मन्दिरमा
करिब १० लाख भक्तजनले दर्शन गरेका छन । महाशिवरात्रीका लागी करिब एक महिना अगाडि
देखिको तयारी गरेको पशुपति क्षेत्र बिकास कोषले हिजोका दिन १० लाख भक्तजनले
पशुपतिको मुख्य मन्दिर दर्शन गरेको जानकारी दिएको छ ।
यो बर्षको शिवरात्रीमा पशुपति क्षेत्रमा करिब २० लाख भक्तजन आउने अनुमान कोषको थियो भने मुख्य मन्दिर दर्शन उपस्थित भएका भक्तजनहरुको संख्या अनुमान गरिएको भन्दा आधा कम रहेको खुलेको छ । महाशिवरात्रीका अबसरमा अस्ती राती १२ बजे देखि पशुपतिनाथ मन्दिरको चारैवटा ढोका खोलिएको थियो । भक्तजनहरुले लामो लाइनमा बसेर मन्दिर दर्शन गरेका थिए ।