Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज जेठ २३ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | २३ जेष्ठ २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल जेठ २३  गते, असार कृष्ण तृतिया तिथी मंगलबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज शुभकार्यको चर्चा हुनेछ। नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ। मुद्दा मामिलामा विजयी हुनुहोला। दिनको उत्तरार्ध बढी सुखद् रहला।

वृष - तपाईको आज सन्तान पक्षको मायामा कमी आउला। सहकर्मीबाट विरोध आउन सक्छ। गरेको कार्यमा अवरोध र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउला।

मिथुन - तपाईको आज रचनात्मक काममा जुट्ने, विपरीत वर्ग प्रति आकर्षण बढ्ने,  वैदेशिक क्षेत्रको काम अघि बढ्ने र प्रेम सम्बन्ध कसिलो हुने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज उन्नति एवं प्रगतिको वातावरण बन्ला। वैदेशिक र घरजग्गाको कारोबारमा सफलता पाइएला। मेहनतीहरूका लागि दिन बढी फलदायी छ।

सिंह – तपाईको आज समाजसेवामा मन जानुका साथै पुरानो र रोकिएको काम दोहोर्याएर गर्दा सफलता मिल्ने र शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल दिने समय छ।

कन्या - कन्या राशीका तपाइँको आज ताकेका काममा बाधा आउला। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला। सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्ने हुन्छ।

तुला - आज तपाइको रमाइलो यात्रा होला। आकस्मिक धन लाभ हुने र आफन्त साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुने र सन्तान सुख पनि मिल्ने योग छ।

वृश्चिक – तपाईको आज धर्मकर्म तथा समाजसेवामा मन जानेछ। नयाँ व्यक्ति सँग भेटघाट हुने, रोकिएको धन हात पर्ने, सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने समय छ।

धनु – तपाइको आज साथीभाइबाट सहयोग लिने, नयाँ काम सुरु गर्ने, जोशजाँगर र उमंग बढ्ने र आर्थिक कारोबारमा सफलता पाइने समय छ।

मकर - मकर राशीका तपाईलाई दबाब र तनाव बढेको महसुस होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने र काममा ढिलासुस्ती हुने तथा आफन्तले सहयोग गर्ने सम्भावना रहेको छ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज श्रमको उचित मूल्याङ्कन होला, व्यवसायको सन्दर्भमा आदर्श व्यक्‍तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ला र रोकिएका काम पुनः सुरु हुन सक्लान।

मिन – तपाईको आज विद्याको विकास होला, पार्टी तथा सेमिनारमा सहभागी भइनेछ, परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला र आर्थिक लाभ पनि हुन सक्ने छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप