चैत १३, काठमाडौँ । आज नेपालले दुई टी-२०
अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’सँग आफ्नो दोस्रो
खेल खेल्दैछ ।
आजको खेल टी-यु
क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । आजको खेल सकाएपछी नेपाल भारत
भ्रमणमा जाने तयारीमा रहेको छ ।
नेपालले हिजो
सोमबार भएको पहिलो खेलमा आयरल्यान्डलाई ६ विकेटले हराएको थियो ।
टी-२०आई र
टी-२० मान्यता नपाएको हुँदा नेपालको यो अभ्यास खेल मात्रै हो । अभ्यास खेल भएका
कारण नेपाली खेलाडीहरूले बिनादबाब खेलिरहेका छन् ।
- न्युज बहार संवाददाता