फागुन
१८, काठमाडौँ । नेपालले यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो
सफलता हात पारेको छ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सिरिजमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। नेपालका लागि राष्ट्रिय टोलिका पुर्व कप्तान
समेत रहेका सन्दीप लामिछानेले विकेट लिएका हुन्।
लामिछानेले युएईका लागि ३८ बलमा १ चौकासहित १८ रन बनाएर खेलिरहेका वृत्य अर्विन्दलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गरेका छन। यो नेपालको लागी आजको खेलमा दोस्रो सफलता हो । यसअघि पहिलो ओभरमै करण केसीले सफलता दिलाएका थिए।
यो
समाचार तयार पार्दासम्मको समयमा युएईले अहिले २ विकेट गुमाएर १४ ओभरमा ५३ रन बनाएर
खेलिरहेको छ।
- न्युज बहार संवाददाता