बैशाख ३१, काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले आईपीएलमा लगातार पाँचौँ जित हासिल गर्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिन सफल भएको छ । आइतबार राति भएको खेलमा बैंगलुरुले दिल्ली क्यापिटल्समाथि ४७ रनको शानदार जित हात पारेको हो ।
बैंगलुरुले
प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली १९.१ ओभरमा १ सय ४०
रनमा अलआउट भयो । कप्तान अक्षर पटेलले दिल्लीका लागि ३९ बलमा सर्वाधिक ५७ रनको
योगदान दिएका थिए ।
यसअघि, पहिलो ब्याटिङ गरेको बैंगलुरुले
निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । बैंगलुरुका लागि
रजत पटिदारले ३२ बलमा ५२ रनको योगदान दिएका थिए ।
- न्युज बहार संवाददाता