Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गुजरात टाइटन्समाथि पन्जाब किंग्सको ३ विकेटको जित

  •   २ वर्ष अघि | २३ चैत्र २०८०, शुक्रबार

चैत २३, काठमाडौँ । आईपीएल २०२४ मा गएराती भएको खेलमा पन्जाब किंग्सले गुजरात टाइटन्समाथि ३ विकेटको जित हात पारेको छ । पन्जाबले २ सय रनको लक्ष्य १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो ।

पन्जाबका लागि शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्कासहित नटआउट सर्वाधिक ६१ रनको इनिङ खेलेका थिए ।

त्यसअघि पहिलो इनिङमा गुजरातले नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो ।

गुजरातका कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्कासहित नटआउट सर्वाधिक ८९ रन  बनाएका थिए ।  

  • न्युज बहार संवाददाता

थप