जेठ २१, काठमाडौँ । फ्रेन्च लिग वान च्याम्पियनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । लियोनल मेसी र सर्जियो रामोसको बिदाइ खेलमा पीएसजी ३-२ ले पराजित भएको हो।
शनिबार राति भएको खेलमा पीएसजी क्लेमोन्ट फुटसँग ३-२ ले पराजित भएको हो। तर पराजित भएपनि लिगको उपाधि भने पीएसजी जितिसकेको छ ।
पीएसजीले आफ्नो घरेलु मैदान पार्क डे प्रिन्समा दुई गोलको अग्रता बनाए पनि जोगाउन नसक्दा पराजित भएको हो ।
मेसी र रामोसले यसअघि नै पेरिस क्लब छाड्ने घोषणा गरिसकेका छन भने उनिहरु दुबैको यो खेलनै पीएसजीका लागि अन्तिम खेल हो।
- न्युज बहार संवाददाता