जेठ २१, काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले भोली सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।
जिल्ला अदालत काठमाडौँले लामिछानेको पेसी असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो।
विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकामा रहेको छ।
- न्युज बहार संवाददाता