मंसिर २५, काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल
प्रिमियर लिग अन्तर्गत पहिलो जित निकालेको छ । लुम्बिनीले एनपीएलमा लगातार चार वटा
खेलमा हार व्यहिरेपछी आज मंगलबार भएको खेलमा चितवन राइनोजलाई पराजित गरेको हो ।
लुम्बिनीले
आजको खेलमा रोहित पौडेलको अलराउन्ड भूमिकामा जित निकाल्दा समर्थक तथा खेलाडीहरू
उत्साहित देखिएका थिए ।
कप्तान
रोहित पौडेलले आजको खेलपछि अझै दुई खेल बाँकी रहेको र त्यसलाई जित्न सके प्लेअफ
सम्भावना अझै बाँकी रहेको जनाएका छन् ।
लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो।
लुम्बिनीले दिएको १६८ रन पछ्याएको चितवनले २० ओभरमा ८ विकेटको
क्षतिमा १३४ रन मात्र बनाउन सफल भएको थियो।
- न्युज बहार संवाददाता