असार ५, काठमाडौँ । विश्वकप छनोटको आज भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ। आजको दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भएको हो ।
जिम्बाव्वेको राजधानी हरारेको ताकासिंगा क्रिकेट क्लबमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको छ ।
नेपालको जितको लागी भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए।
एकदिवसिय विश्वकप छनोटको खेलमा यो नेपालको पहिलो जित हो।
- न्युज बहार संवाददाता