फागुन
२९, काठमाडौँ। नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी माथि
९ विकेटको कीर्तिमानी जित निकालेको छ। नेपालले यो विकेटको आधारमा हात पारेको
अहिलेसम्मकै ठूलो जित हो।
सोमबार
कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमा
पूरा गरेको छ।
आशिफ
शेखले नेपालको जितमा अर्धशतक प्रहार गरेका छन। उनले नटआउट ५३ रन जोड्ने क्रममा २१
बलमा ३ छक्का र ८ चौका प्रहार गरेका हुन । त्यस्तै कुशल मल्लले पनि नटआउट १२ रन
जोडेका छन।
त्यसअघि
ओपनर कुशल भुर्तेल भने ३३ रन जोडेर आउट भएका थिए। उनले १४ बलमा २ छक्का र ४
चौका र हानेका थिए। उनले कबुआ मोरियाको दोस्रो ओभरमा मात्र २६ रन प्रहार गरेका
थिए।
अब
आउँदो खेलमा बिहीबार युएईलाई पराजित गरे नेपाल जिम्बावेमा हुने आइसिसी विश्वकप
छनोट प्रतियोगितामा पुग्नेछ।
- न्युज बहार संवाददाता