Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित

  •   ३ वर्ष अघि | १३ फाल्गुन २०८०, आइतवार

फागुन १३, काठमाडौँ । घरेलु मैदानमै भएको आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।

नेपालको यो घरेलु मैदानमै भएको लिग २ मा तेस्रो हार हो भने यसअघि नामिबियासागको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

नेपालले दिएको १७३ रनको लक्ष्य त्रिवि मैदान कीर्तिपुरमा नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको छ । नेपालले दुवै ओपनरको विकेट लिएपनि त्यसपछि भने कुनै विकेट लिन नसक्दा तेस्रो हारको सामना गर्न पुगेको हो ।

दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले नेपालका लागि समान १ विकेट लिएका छन ।

  • न्युज बहार संवाददाता

थप