चैत १९, काठमाडौँ। लखनऊ सुपर जायन्ट्सले आइपिएल - इन्डियन प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ।
शनिबार भएको १८ औं आइपिएल संस्करणको तेस्रो खेलमा लखनऊले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो।
लखनऊले आफ्नो होम ग्राउड लखनऊको अटल बिहारी वाजपेयी क्रिकेट रंगशालामा दिएको १९३ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो।
कप्तान डेभिड वार्नरले दिल्लीका लागि अर्धशतक बनाउने क्रममा ४८ बलमा ७ चौकाको मद्दतमा ५६ रन बनाए।
दिल्लीलाई १४३ रनमा समेट्न लखनऊका मार्क उडले सर्वाधिक पाँच विकेट लिएका थिए। उनले मिचेल सार्स, ओपनर पृथ्वी श, अक्षर पटेल, सर्फराज खान, र चेतन सकारियालाई आउट गरेका हुन।
- न्युज बहार संवाददाता