कात्तिक १२, काठमाडौँ । आईसीसी विश्वकप लिग-२
मा आइतबार राति भएको खेलमा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको डालासमा आइतबार राति
भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित हुन पुगेको हो ।
अमेरिकाले नेपालद्वारा
दिएको २८७ रनको लक्ष्य ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा पुरा गरेको छ ।
अमेरिकाका लागि ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेका छन ।
त्यस्तै
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधीक ९६ बनाएका छन । नेपालले टस हारेर
पहिले ब्याटिङको निम्तो पाएको थियो । ५० ओभरमा नेपाल अल आउट हुनु अघि २८६ रनको
योगफल बनाएको थियो ।
- न्युज बहार संवाददाता