Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लेजेन्ड्स खेलाडीलाई पछी पार्दै गुलसन झाले बनाएका किर्तीमान

  •   २ वर्ष अघि | ३ असोज २०८१, बिहिबार

असोज ३, काठमाडौँ । लेजेन्ड्स खेलाडी क्रिस गेल र शाहिद अफ्रिदीलाई नेपालका युवा अलराउण्डर गुलसन झाले पछी पारेका छन । उनले यी दुई लेजेन्ड्स खेलाडीलाई पछि पार्दै विश्व कीर्तिमान कायम गरेका हुन ।

गुलसनले आईसीसी विश्वकप लिग–२ मा ओमानविरुद्धको खेलमा पाँच विकेट लिनुको साथै ५० माथि रन बनाउँदै ओडीआईमा कम उमेरमा यो सफलता हात पार्ने  कीर्तिमान बनाएका छन ।

उनले उक्त सफलता १८ वर्ष २१४ दिनमा हात पारेका हुन । यसअघि यो किर्तीमानी सन् २००० मा पाकिस्तानका अब्दुल रजाकले २० वर्ष ५० दिनमा भारतविरुद्ध बनाएका थिए। त्यसपछी पाकिस्तानकै शाहिद अफ्रिदीले २० वर्ष २४० दिनमा सन २००० मा इंग्ल्यान्डविरुद्ध उक्त सफलता हात पारेका थिए । त्यस्तै सन २००३ मा २३ वर्ष २५३ दिनमा वेस्टइण्डिजका क्रिस गेलले अष्ट्रेलियाविरुद्ध तथा २०२३ मा २३ वर्ष २३३ दिनमा नेदरल्यान्ड्सका बास डि लिडेले स्कटल्यान्डमा एकै ओडीआई खेलमा ५ विकेट लिनुको साथै ५० माथि रन बनाएका थिए ।

लिग–२ मा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने गुलसन पहिलो खेलाडी पनि बनेका छन् भने यसका साथै उनी ओडीआई इतिहासमा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने विश्वकै २४ औं खेलाडी बन्न सफल भएका छन ।

  • न्युज बहार संवाददाता

थप