बैशाख २४, काठमाडौँ । आईपीएल २०२३ को हिजो राती भएको खेलमा दिल्ली क्यापिटल्स र चेन्नाई सुपरकिंग्स विजयी भएका छन।
दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो भने चेन्नाई सुपरकिंग्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले हराएको छ ।
शनिबार साँझ भएको पहिलो खेलमा मुम्बई इण्डियन्सले दिएको १३९ रनको लक्ष्य चेन्नाईले १७.४ ओभरमा ४ विकेट जुमाएर पुरा गरेको थियो।
हिजै राती भएको दोस्रो खेलमा दिल्लीले १८२ रनको विजय लक्ष्य १६.४ ओभरमा ३ विकेट गुमाएर भेटाएको थियो। ।
- न्युज बहार संवाददाता