फागुन ८, काठमाडौँ
। पाटन उच्च अदालतको आदेशविरुद्ध क्रिकेटर
सन्दीप लामिछाने सर्वोच्च अदालत जाने भएका छन् । उच्च अदालतले धरौटी रकमको र विदेश
यात्रामा लगाएको प्रतिबन्धको विषयमा
पुनरावलोकनका लागि लामिछानेले सर्वोच्चमा निवेदन दर्ता गर्ने निर्णय
गरी त्यसको तयारी गरेको अधिवक्ता सरोज कृष्ण घिमिरेले बताएका छन ।
अधिवक्ता सरोज कृष्ण घिमिरेले भने ‘सम्भवतः
भोलि हामी सर्वोच्च जाने छौँ,’ । अदालतले लगाएको प्रतिबन्धका कारण
लामिछानेले संयुक्त अरब एमिरेट्स (युएई)मा हुने आगामी शृङ्खलामा सहभागी हुन
नपाउने अवस्ता छ । त्यस्तै, अदालतले सन्दिप लामिछानेलाई
२० लाख रुपैयाँ धरौटी बुझाउन आदेश उच्च
अदालत पाटनले दिएको थियो र त्यसै गरी
अदालतको आदेशमा उपत्यका छाड्नुपरेमा काठमाडौँ
प्रहरीलाई जानकारी गराई स्वीकृति लिनुपर्ने शर्त समेत दिइएको छ ।