जेठ २३, काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिगको पहिलो सिजनमै चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको छ ।
आज मंगलबार दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारसँग गोलरहित बराबरी खेलेपछि लिगको एक खेल अगावै उपाधि जितेको हो ।
चर्च ब्वाइज युनाइटेड नेपाली घरेलु फुटबल संरचनाहरु सी डिभिजन छनोटदेखि ए डिभिजनसम्म लगातार च्याम्पियन बन्ने दुर्लभ इतिहास बनाउने दोस्रो टिम समेत बनेको छ ।
- न्युज बहार संवाददाता