माघ १८, पोखरा । सन्दीप लामिछाने नेपाली क्रिकेट टिमका
पूर्वकप्तान माथिको निलम्बन फुकुवा गरिएको छ । पोखरामा मंगलबार भएको क्यान (नेपाल क्रिकेट संघ) को
केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको बोर्डको सदस्य
रहेका विरेन्द्र बहादुर चन्दले जानकारी दिदै भने मंगलबारबाट सन्दिप
लामिछाने माथी लागेको निलम्बन फुकुवा गरेका छौँ । पोखरामा बसेको कार्यसमितिको बैठकले निलम्बन
फुकुवा गर्ने निर्णय गरेको हो ।
सन्दिप
लामिछानेलाई बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले निलम्बन गरेको
घोडणा गरेको थियो भने उच्च अदालतले उनलाई धरौटीमा छाड्ने
निर्णय गरेकोले निलम्बन फुकुवा गर्ने निर्णय गरेको बताएको छ । उच्च अदालत, पाटनले सन्दिप लामिछानेलाई २८ पुसमा २० लाख धरौटीमा शर्तहरुसहित रिहा गर्न आदेश दियो
। तर
हिजो मात्र महान्यायाधिवक्ताको
कार्यालयले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गर्न माग गरी सर्वच्च अदालतमा आवेदन
दिएको छ । उनी पुस २९ गते २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।