फागुन
१९, काठमाडौँ । आइसिसी विश्वकप लिग-२ को नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीचको
त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज पिएनजीले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा
नेपालले खराब सुरुवात गरेको छ।
आफ्नो
इनिङको पहिलो बलमै कुसल भुर्तेलको विकेट गुमाएको नेपालले पाँच ओभरभित्र दुई विकेट गुमाएको छ।
पिएनजीका
सेमो कामियाले नेपालका कुशल भुर्तेललाई पहिलो बलमा आउट गरेका थिए त्यसपछी
ज्ञानेन्द्र मल्ल पाँचौ ओभरको
अन्तिम बलमा ६ रन मात्र बनाएर आउट भए।
पिएनजीका
अदस भालाले १६औं ओभरमा
नेपालका भीम सार्कीलाई ६ रनमा आउट गरे र यससगै नेपालले तेस्रो विकेट गुमाएको छ। ।
उनले ३५ बलमा खेल्दा कुनै बाउन्ड्री प्रहार गर्न सकेका थिएनन्।
- न्युज बहार संवाददाता