बैशाख
१३, काठमाडौँ । बिहीबार वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० शृंखलाका लागि नेपाल क्रिकेट
संघ (क्यान) ले आफ्नो टोलीको घोषणा गरेको छ । रोहितकुमार पौडेलको कप्तानीमा क्यानले
१६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टी–२० शृंखलाका खेल्ने टोलीमा
रोहितकुमार पौडेल (कप्तान), कुशल
भुर्तेल, आसिफ शेख, आरिफ शेख,
अनिल साह, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलसन झा, कुशल मल्ल, करण केसी, ललित राजवंशी, प्रतिस जिसी, सोमपाल कामी, बिवेक यादब, आकाश चन्द र अविनाष
बोहरा रहेका छन् ।
- न्युज बहार संवाददाता