साउन २५, काठमाडौँ । बिहीबार साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य एकल अंकको वृद्धि भएको छ। आज सेयर बजार परिसूचक नेप्से ५.१३ अंक (.२४ प्रतिशत ) ले बढेर २०६६.०५ विन्दुमा बन्द भएको छ ।
यस दिन होटल तथा पर्यटन परिसूचकमा सर्वाधिक २.६७ प्रतिशतले वृद्धि भएको छ।
बिहीबार कूल २६९ धितोपत्रको ५७ हजार ७८९ कारोबारबाट ५५ लाख ३ हजार २१ कित्ता धितोपत्रको किनबेच हुँदा कूल २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन नेप्सेमा अभियान लघुवित्तको सर्वाधिक मूल्य वृद्धि भएको छ । सर्वाधिक मूल्य घट्नेमा हिमालयन लघुवित्त रहेको छ ।
यस दिन सोल्टी होटल लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।
- न्युज बहार संवाददाता