Breaking News
गोल्ड प्लेटेड गहनाको विश्वसनीय अनलाइन ब्रान्डका रूपमा स्थापित हुँदै ‘द पंन्छी कलेक्सन’    ||     प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||    

गोल्ड प्लेटेड गहनाको विश्वसनीय अनलाइन ब्रान्डका रूपमा स्थापित हुँदै ‘द पंन्छी कलेक्सन’

  •   १२ घण्टा अघि | १३ साउन २०८३, बुधबार

साउन १३, काठमाडौँ। काठमाडौँमा आधारित अनलाइन ज्वेलरी स्टोर द पंन्छी कलेक्सन’ ले छोटो समयमै गुणस्तरीय गोल्ड प्लेटेड वारेन्टी गहनाको बिक्रीबाट नेपाली ग्राहकमाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। सन् २०२२ मा स्थापना भएको यस अनलाइन व्यवसायले आकर्षक डिजाइन, सुलभ मूल्य र ग्राहकमैत्री सेवामार्फत देशभरका ग्राहकसम्म आफ्ना उत्पादन पुर्‍याउँदै आएको छ।

‘पंन्छी कलेक्सन’ की सञ्चालिका सृजना प्याकुरेलका अनुसार व्यवसाय सुरु गर्ने प्रेरणा अनलाइन व्यापारप्रति बढ्दो आकर्षणबाट आएको हो। सुरुमा आफ्नी छोरीको नाममा सुसृना अनलाइन स्टोर नाम राखेर बच्चाका लुगाका तस्बिर फेसबुकमा राखी बुस्ट गर्दा ग्राहकबाट आएको सकारात्मक प्रतिक्रिया र खरिदप्रतिको उत्साहले उनलाई अनलाइन व्यवसायको सम्भावना देखायो। त्यसपछि उहाँले गोल्ड प्लेटेड वारेन्टी गहनाको क्षेत्रमा काम गर्ने निर्णय गर्नुभयो।

उहाँ आफ्नो सुरुआती अनुभव सम्झँदै भन्नुहुन्छ, “जताततै अनलाइनमार्फत सामान डेलिभरी भइरहेको देख्दा मैले पनि केही नयाँ गर्ने सोच बनाएँ, तर सुरुमा कुन सामान बेच्ने, कहाँबाट ल्याउने र कसरी ग्राहकसम्म पुर्‍याउने भन्ने चुनौती थियो, ठूलो लगानी गरेर स्टक राख्ने अवस्था थिएन, त्यसैले सानो स्तरबाट सुरु गरेर ग्राहकको विश्वास जित्ने लक्ष्य लिएँ।

त्यसपछि द पन्छी कलेक्सन नामबाट फेसबुक पेज सञ्चालन गरी विभिन्न डिजाइनका गोल्ड प्लेटेड गहनाका तस्बिर सार्वजनिक गरियो। प्रारम्भिक चरणमै उत्पादनको मूल्य र डिजाइनबारे धेरै ग्राहकले चासो देखाउन थाले। सुरुमा काठमाडौंभित्र मात्रै डेलिभरी गर्ने योजना भए पनि ग्राहकको बढ्दो मागसँगै सेवा विस्तार गर्दै आज कम्पनीले नेपालका ७७ वटै जिल्लामा डेलिभरी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

कम्पनीले हाल नेकलेस, इयररिङ, बाला, औँठी, रानिहार लगायत सबै डिजाइनका गोल्ड प्लेटेड वारेन्टी गहना उपलब्ध गराउँदै आएको छ। आधुनिक डिजाइन, प्रिमियम गुणस्तर र सुलभ मूल्य कम्पनीको मुख्य विशेषता रहेको छ। यस कलेक्सनले ग्राहकको सहजताका लागि क्यास अन डेलिभरी (COD) सहित नेपालभर डेलिभरी सेवा उपलब्ध गराइएको छ।

सञ्चालक प्याकुरेलका अनुसार कम्पनीले हालसम्म ४ वर्षभन्दा बढी अनुभव हासिल गर्दै २००० भन्दा बढी सन्तुष्ट ग्राहक लाई सेवा प्रदान गरिसकेको छ। ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रिया नै व्यवसायलाई निरन्तर अघि बढाउने प्रेरणा बनेको उहाँको भनाइ छ।

ग्राहकले हाम्रो उत्पादनको डिजाइन, मूल्य र गुणस्तरप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ, यही विश्वास नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो,” प्याकुरेल भन्नुहुन्छ।

उनका अनुसार डिजिटल माध्यमबाट व्यवसाय सञ्चालन गर्दा कम लगानीमा पनि राम्रो सम्भावना रहेको छ। समयको सदुपयोग गर्दै अतिरिक्त व्यवसायका रूपमा सुरु गरिएको यो प्रयास आज आफ्नै पहिचान बनाउन सफल भएको उहाँ बताउँनुहुन्छ।

यद्यपि, पछिल्लो समय अनलाइन व्यापारको नाममा हुने ठगीका घटनाले वास्तविक व्यवसायीलाई पनि असर परेको प्याकुरेलको गुनासो छ। केही व्यक्तिले गलत काम गर्दा इमान्दार व्यवसायीप्रति पनि ग्राहकले शंका गर्ने अवस्था बनेको छ। हामी भने गुणस्तरीय उत्पादन, पारदर्शी सेवा र ग्राहकको विश्वासलाई सधैँ पहिलो प्राथमिकतामा राख्छौँ,” उहाँ भन्नु हुन्छ।

आगामी दिनमा द पंन्छी कलेक्सनले आफ्नो ब्रान्डलाई अझ विस्तार गर्दै नेपालभर अझ प्रभावकारी सेवा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। नयाँनयाँ डिजाइनका गोल्ड प्लेटेड गहनाहरू नियमित रूपमा बजारमा ल्याउने तथा ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने योजना कम्पनीको छ।

विश्वासका साथ खरिद गर्नुहोस् भन्ने सन्देशसहित पंन्छी कलेक्सनले गुणस्तरीय, आकर्षक र वारेन्टीसहितका गोल्ड प्लेटेड गहनाहरू सहज मूल्यमा उपलब्ध गराउँदै नेपाली ग्राहकको रोजाइ बन्ने यात्रालाई निरन्तरता दिएको छ।

फेसबुक पेज: https://www.facebook.com/susrinaonlinestore

 

  • न्युज बहार संवाददाता

थप