Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा क-कसले पाए उत्कृष्टको अवार्ड

  •   २ वर्ष अघि | २० चैत्र २०८०, मङ्लबार

चैत २०, काठमाडौँ । पाँचौँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्रका रुपमा दीपेन्द्र के निर्देशित चिसो मान्छेघोषित भएको छ । महोत्सवमा लघु चलचित्र तर्फको उत्कृष्ट अवार्ड भने घुर्राले प्राप्त गरेको छ  ।

अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव कार्यक्रममा उत्कृष्ट अभिनेत्रीको अवार्ड फिल्म चिसो मान्छेबाटै अभिनेत्री स्वस्तिमा खड्काले प्राप्त गरेकी छन भने हरिवंश आचार्यले चलचित्र महापुरुषबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन । उत्कृष्ट निर्देशकको अवार्ड महापुरुषको निर्देशक प्रदीप भट्टराईले जितेका छन ।

त्यसैगरी दीपाश्री निरौलाले जुरी मेन्सन अवार्डछक्का पन्जा ४बाट दीपकराज गिरीले उत्कृष्ट लेखकको अवार्ड पाए ।

कार्यक्रममा उत्कृष्ट बाल चलचित्रमा ईअर्ली होम, वृत्तचित्र थिम’, ‘दिअर ईज नो टुमारो’, ‘मकै विवाह’, ‘द गोर्खा गर्लले समेत अवार्ड प्राप्त गरेका छन ।

  • न्युज बहार संवाददाता

थप