असोज २७, मुम्बई । बलिउड अभिनेता ऋतिक रोशनले हालै मुम्बई मेट्रोमा यात्रा गरेका छन् । आफ्नो सामाजिक सञ्जालमा यात्रा अवधिमा ऋतिकले केही तस्बिर र भिडियो सेयर गरेका छन् । उक्त सार्वजनिक तस्विर र भिडियोमा उनी मेट्रोमा आफ्ना फ्यानसँग सेल्फी खिचिरहेको देख्न सकिन्छ ।
ऋतिकको यो भिडियो र तस्विरमा उनी पनि मेट्रो भित्रनै सवार गरेको देख्न सकिन्छ । ऋतिकले यो पोस्ट सेयर गर्दै क्याप्सनमा लेखेका छन्–काममा जानका लागी आज मेट्रो लिएँ, त्याहाँ धेरै मायालु र दयालु मानिसहरू भेट भयो, उहाँले मलाई दिनुभएको माया म तपाईँसँग बाँडिरहेको छु र गर्मी तथा ट्राफिकलाई भुलाउन त्यो अनुभव शानदार थियो ।
- न्युज बहार संवाददाता