मंसिर
१७, काठमाडौँ । सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद
पौडेलले नयाँ चलचित्रको नाम र पोस्टर सार्वजनिक
गरेका छन् ।
सार्वजनिक
पोस्टरमा फिल्मको नाम अंग्रेजीमा‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’
र नेपालीमा
‘भूठान’ नाम राखिएको छ । सार्वजनिक पोस्टरमा
चलचित्रको मुख्य भूमिकामा रहेका सर्वाधिक लोकप्रिय कलाकार हरिवंश आचार्यका साथै दयाहाङ राईसँगै
अर्का एक कलाकारलाई राखिएको छ । यो फिल्ममा हरिवंश आचार्यका र दयाहाङ राई
सहित रिचा
घिमिरे, अनुराधा
मजुमदार, जोएस पाण्डे, पूजाचन्द, टम क्रेन, अदिति प्याकुरेल, तथा विमल सुवेदी अनुवन्धित भइसकेका
छन् ।
सन् २०१९
मा वुसान फिल्म फेस्टिबलको स्कृप्ट पिचिङ्गमा समेत छानिएको यस फिल्म भुटानदेखि
भारत, नेपाल
हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र जीवनयात्राको
कथा समेटेर बन्न लागेको हो ।
- न्युज बहार संवाददाता