माघ ८, काठमाडौँ
। ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक शो
हुने भएको छ । यो कार्यक्रम आई र यू
इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतिमा आगामी जुन र जुलाई महिनामा
क्यानडाको विभिन्न सहरमा हुन लागेको हो ।
आयोजका अनुसार क्यानडामा विभिन्न
कार्यक्रम पश्चात् यो शो भव्य रूपमा गर्न लागिएको हो । क्यानडामा बस्ने नेपालीले डिमान्ड गर्नुभएका कै
कारण त्याहाँ शो गर्न लागिएको हो । यो शोमा हाँस्ने र नाच्ने काम हुनेछ ।
पछिल्लो समय क्यानडामा नेपालीको चाँप बढेसँगै नेपाली गतिविधि
बढ्न थालेको छ । नेपाली
कला र संस्कृतिलाई प्रवर्द्धन गर्दै ‘अब
हाँस्छ अनि नाच्छ क्यानडा’ मा
कमेडियन कैलाश कार्की, सुमन
कार्की, भरतमणि पौडेलको हाँस्यव्यङ्ग्य प्रस्तुती र मोडल करिश्मा ढकालको नृत्य पनि रहने छ ।
यो कार्यक्रम
क्यानडाको टोरोन्टो, ओटावा, लन्डन, भ्यानकुभर, क्यालगरी लगायतका सहरमा कार्यक्रम हुनेछ ।
- न्युज बहार संवाददाता