Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मिस नेपाल २०२३ का विजेताहरुले ‘हप अन हप अफ’ बस चढेर गरे सम्पदाको यात्रा।

  •   ३ वर्ष अघि | २८ जेष्ठ २०८०, आइतवार

जेठ २८, काठमाडौँ । ‘हप अन हप अफ’ बसमा चढेर मिस नेपाल २०२३ का विजेताले सम्पदाहरुको यात्रा गरेका छन् । शनिबार मिस नेपाल २०२३ का विजेताहरुले काठमाडौँका सम्पदा यात्रा गरेका हुन् ।

उनीहरुले काठमाडौँ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको सम्पदा घुम्ती बस सेवामार्फत पशुपतिनाथ, नारायणहिटी, स्वयम्भु र बौद्ध क्षेत्रको भ्रमण गरेका हुन् ।

नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदासम्म सहज पहुँच हुने गरी यही  जेठ ९ गते देखि सम्पदा घुम्ती बस सेवा परीक्षणका रुपमा सञ्चालनमा ल्याएको छ ।

सोही घुम्ति बससेवाको शनिबार ललितपुरबाट सुरु गरिएको यात्रामा मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधान, मिस नेपाल अर्थ २०२३ रेना मजगैया, मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धी शाह र मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठ सहभागी रहेका थिए ।

उनीहरुको साथमा नेपाल पर्यटन बोर्ड, साझा यातायातका कर्मचारीहरु पनि यात्रामा सहभागी भएका थिए ।

  • न्युज बहार संवाददाता

थप