Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘जुलेबी’ को ट्रेलर सार्वजनिक ।

  •   ३ वर्ष अघि | २० साउन २०८०, शनिबार

साउन २०, काठमाडौँ ।  नेपाली चलचित्र ‘जुलेबी’ को ट्रेलर सार्वजनिक भएको छ। आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जुलेबी’को सार्वजनिक भएको ट्रेलर मा चलचित्र यौन मनोविज्ञानमा केन्द्रित रहेको सङ्केत गरिएको छ ।

सात जना पात्रहरूको सम्बन्धको वरिपरि घुमेको चलचित्रको कथाका पात्रहरूलाई रत्नपार्कले जोड्को ट्रेलरमा देखिएको छ ।

यस चलचित्रका निर्देशक गणेश देव पाण्डे हुन भने चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन। निर्माता शर्माले यस फिल्ममा चार जना महिला पात्रको र महिलाले भोग्ने सम्बन्धको कथा रहेको बताएकी छन ।

चलचित्रमा निशा अधिकारी, सुरक्षा पन्त, मोनिका थापा, उषा रजक, सुशील सिटौला, तुफान थापा, पुष्कर कार्की, समीरमणि दीक्षितलगायतको अभिनय देख्न सकिन्छ । 

  • न्युज बहार संवाददाता

थप