फागुन
१४, काठमाडौँ । आगामी वैशाखमा रामेछाप नगरपालिकामा तेश्रो नेपाल ग्रामीण चलचित्र
महोत्सव आयोजना हुने भएको छ । महोत्सवका लागि फिल्म दर्ता खुल्ला भएको जानकारी आयोजक
सेलिब्रेटी नेपालले दिएको छ ।
आयोजकका
अनुसार महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका
चलचित्र सहभागी हुनेछन् ।
महोत्सवका
अध्यक्ष रघुनाथ सापकोटाले महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक
प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने बताएका छन ।
मौलिक
ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरुको सहभागीता रहनुका साथै यो महोत्सवमा पर्यटन
प्रबर्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ आयोजना
हुने लागेको हो ।
- न्युज बहार संवाददाता