असार ९, काठमाडौँ । नेपाली चलचित्र ‘जय हो’ को टिजर सार्वजनिक भएको छ। यस फिल्ममा शोभित बस्नेत प्रस्तुतकर्ता रहेका छन ।
आगामी भाद्र ८ गतेबाट विदेश र नेपालमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मको १ मिनेट १४ सेकेन्डको टिजरमा केही महत्त्वपूर्ण अंस र संवाद समेटिएको छ ।
यस फिल्मलाई टेक पौरखी राईको निर्देशन र निर्माण गरेका हुन। यसमा सलोन बस्नेत, अर्पण थापा, केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, दिपा शाक्य श्रेष्ठ, प्रेम पाण्डे, सुमिन गुरुङ, सुबि मगर, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय देख्न सकिने छ।
- न्युज बहार संवाददाता