मंसिर ४, काठमाडौँ । मङ्सिर २५ गतेबाट रोहित अधिकारीको निर्माण रहने फिल्म ‘वरिष्ठ बलराम’ को छायाङ्कन सुरु हुने भएको छ । सामाजिक सञ्जालमार्फत निर्माता अधिकारीले फिल्मको छायाङ्कन मिति सार्वजनिक गरेका हुन् ।
यस फिल्मको मुख्य भुमिकामा दयाहाङ राई, दिव्या रायमाझी, खगेन्द्र लामिछाने, माओत्से गुरुङ रहनेछन । अहिले फिल्मको विषयवस्तु भने खुलाइएको छैन ।
सुरेन्द्र पौडेलले फिल्मको निर्देशन गर्दैछन् भने खगेन्द्र लामिछानेको फिल्ममा पटकथा लेखन रहने छ ।
- न्युज बहार संवाददाता