Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुरु भयो फिल्म ‘हात्तीछाप’को छायांकन ।

  •   ३ वर्ष अघि | २४ असार २०८०, आइतवार

असार २४, काठमाडौँ । नेपाली फिल्म ‘हात्तीछाप’को छायांकन  आज आइतबारवाट सुरु भएको छ। सौगात मल्ल र दयाहाङ राई स्टारर फिल्म ‘हात्तीछाप’को छायांकन ललितपुर बालकुमारीमा रहेको एक ग्यारेजबाट सुरु गरिएको निर्माता किरण नेपालीले जानकारी दिएका छन । एक महिना सम्म चल्ने छायांकनको आधा भाग काठमाडौँमा र बाँकी पोखरामा गर्ने तयारी गरिएको छ।

आज पहिलो दिनको सुटिङमा दयाहाङसहित कमलमणि नेपाल, विजय बराल, सुष्मा निरौला र बुद्धि तामाङको दृश्य खिचिएको छ । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको यो फिल्मका निर्देशक सिमोस सुनुवार हुन।

यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बेनिशा हमाल,  उपासना सिंह ठकुरी, बुद्धि तामाङ, राजन खतिवडा, विल्सनविक्रम राई, , प्रकाश घिमिरे पुष्कर गुरुङ, कविता आले, विनोद न्यौपाने, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहने छ । 

  • न्युज बहार संवाददाता

थप