चैत २७, काठमाडौँ
। कमेडी च्याम्पियनको टोली दुई साताअघि भक्तपुरमा सडक दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनापछी कमेडी च्याम्पियनको सम्पुर्ण सुटिङ स्थगित भएको थियो । स्थगित
भएको सुटिङ आजदेखि पुनः सुरु हुने जनाइएको छ।
सामाजिक
सञ्जालमार्फत कमेडी च्याम्पिनयका निर्देशक विशाल भण्डारीले सुटिङको जानकारी दिएका
हुन् । उनले यस बारेमा जानकारी गराउँदै लेखेका छन 'के तपाईँ कमेडी च्याम्पियन
स्टूडियोमा लाइभ हेर्न चाहनुहुन्छ ? यदि हो भने हाम्रो सुट आज चैत
२७ गते मंगलवारदेखि हुँदै छ, स्टुडियो मुलपानीस्थित मुलपानी
फुटसल नजिकै रहेको छ र यहाँहरू ११ बजेसम्म आइपुग्नु पर्ने हुन्छ।'
भण्डारीसहितको
टोली भक्तपुरमा भयानक दुर्घटनामा परेको थियो ।
- न्युज बहार संवाददाता