Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘हीरामण्डी : द डायमण्ड बजार’को दोस्रो सिजन आउने

  •   २ वर्ष अघि | २१ जेष्ठ २०८१, सोमवार

जेठ २१, काठमाडौँ । सञ्जयलीला भन्सालीको विश्वव्यापी रुचाइएको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी : द डायमण्ड बजार’को दोस्रो सिजन आउने भएको छ । नेटफ्लिक्सले नयाँ श्रृंखला ल्याउनेबारे निर्मातासँग सम्झौता गरेको भेराइटीले जनाएको छ ।

‘हीरामण्डी : द डायमण्ड बजार’ नेटफ्लिक्समा मे १ मा स्ट्रिमिङ भएको थियो । यो श्रृंखलाले ४३ मुलुकमा नेटफ्लिक्सको गैरअंग्रेजी विधामा धेरै हेरिनेमध्ये सिरिजको रेकर्ड पनि बनाउन सफल भएको थियो । यसका साथै यो सिरिजले नेटफ्लिक्समा अहिलेसम्म धेरै हेरिने हिन्दी सिरिजको कीर्तिमान समेत राखेको छ ।

  • न्युज बहार संवाददाता

थप